सुदूरपश्चिम भाषामा निर्माण गरिएको कमेडी “हगुल्डाे” दर्शककाे राेजाइमा

नेपाली भाषामा निर्माण गरिएका हास्य टेलिश्रृङ्खलाहरुले बजार लिइरहेको बेला सुदूरपश्चिमको भाषा, सँस्कृति संरक्षण एवं जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको हास्य टेलिश्रृङखला “हगुल्डाे“ले पछिल्लो समय दर्शकको मन जित्न थालेको छ । सुदूरपश्चिमको स्थानीय भाषामा निर्माण गरिएको उक्त कमेडी भिडियोमा सुदूरपश्चिमको मौलिकता अनि संस्कृतिलाई समेत जोडेको पाइन्छ ।
सुदूरपश्चिममा इन्टरनेटको कम पहुँच भएकाले सम्पूर्ण दर्शकमाझ नपुगेतापनि हेर्ने दर्शकहरुको मन भने पक्कै जितेको पाइन्छ ।
सुदूरपश्चिम टिभीको प्रस्तुती तथा नरेन्द्र प्रसाद जोशीको निर्देशनमा निर्माण गरिएको उक्त कमेडी थुप्रै दर्शकहरुले रुचाएका छन् । नरपते भनेर चिनिने नरेन्द्र प्रसाद जोशी, खिन्तुरीको भूमिका निर्वाह गरेकी भारती धमेना, मुकेन्देको अभिनयमा मुकुन्द मैनाली कलाकारको रुपमा रहेका छन् । यसैगरी लालेको भूमिकामा ललित सिँह साउद, झिम्कीको भूमिकामा मनिषा रायमाझी , भट्टीकी साउनीको रोलमा भूमिका निर्वाह गरेकी कबिता खड्का, टक्लेको अभिनयमा राजु गदाईली, विकल उप्रेती, जानकी बोहरा कलाकारको रुपमा रहेका छन ।

सुदूरपश्चिममा अझै पनि व्याप्त रहेको छुवाछुत, भेदभाव तथा अन्धविश्वासलाई अन्धकारबाट उज्यालोतर्फ लग्न तथा यसलाई समाजबाट बहिष्कार गर्न यो कमेडिले पक्कै पनि भूमिका निर्वाह गर्नेछ । यस कमेडीलाई दर्शकहरुले रुचाएको खण्डमा अझै यसलाई परिस्कृत गर्दै अघि बढाउने निर्देशक जोशीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्