भारतले भन्यो – दार्चुलामा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन

File Photo

काठमाडौँ – भारतीय पक्षले दार्चुलामा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय दार्चुलालाई जवाफ दिँदै यस्तो दाबी गरेका हुन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले शुक्रबार भारतीय समकक्षीलाई घटनाबारे बुझी जानकारी दिन पत्र पठाएका थिए ।

‘उहाँलाई हिजो चिठी पठाइएको थियो । त्यसको जवाफमा आफ्नो सुरक्षाकर्मीले त्यस्तो नगरेको भनिएको छ । युवकले तरिसकेपछि तुइन फर्काउने क्रममा तारमा आफू पनि लटपटिएर खसेको पत्रमा भनिएको छ,’ उनले भने । नेपाली पक्षका स्थानीय र भारतीय अधिकारीको जवाफ नमिलेपछि प्रत्यक्षदर्शी र घटनास्थलको अनुसन्धानका लागि टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । खलंगा आउने क्रममा व्याँस गाउँपालिका–२ मालका ३३ वर्षीय धामी तुइनबाट तर्दै गर्दा शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता छन् । उनको अवस्था अज्ञात छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्