२४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा निको भएको दर ९४.१ प्रतिशत रहेको छ ।

उपत्यकाका काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्