भानुभक्त जोशी र केशव मिश्रको लय/शब्द रहेको “असल साथी बनी रहुँला” गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ – गायक भानुभक्त जोशी तथा केशव मिश्रको लय शब्द रहेको निक्कै मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट शनिवार उक्त गीतको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर भानुभक्त जोशी र दिपा रोकायाको रहेको छ । यसैगरी ऐरन्जर तथा मिक्सिङ कृष्ण पुनको रहेको छ । यस गीतमा कलाकारको रुपमा भानुभक्त जोशी, नान जोशी, भोजराज जोशी र प्रीज्मा ठकुरानीले अभिनय गर्नुभएको छ ।
भानुभक्त जोशीको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोको छायांकन अमित बिकले गरेका छन् । यसैगरी सह छायांकनमा हिक्मत पाठक रहेका छन् भने ड्रोन अपरेटरको रुपमा अमित बिक रहेका छन् । निक्कै लोकप्रिय रहेको उक्त भिडियोको सम्पादन अनुप बिकले श्रीराम फिल्मस्बाट गरेका छन् ।
लोक तथा डेउडा गायकको रुपमा परिचित भानुभक्त जोशीको उक्त गीतमा दुई जोडीबिचको मायाप्रेमलाइ समावेश गरिएको छ । प्रेम सम्बन्धमा रहेको प्रेमजोडी छुट्टिनुपर्दाको पीडा, त्यसपछिको यादलाई यस गीतमा चित्रण गर्न खोजिएको छ ।
लामो समयको प्रेम सम्बन्ध पछि अकस्मात सम्बन्ध बिच्छेद भई छुट्टाछुट्टै जोडीसँग बिहे पश्चात पुरानो जोडिको मनमा लाग्ने बिचार व्यक्तलाई यस गीतमा समावेश गरिएको छ ।
पछिल्लो समय प्रेम असफल भई यस्ता पीडा धेरैले भोग्नुपर्ने भएकाले उक्त गतिलाई दर्शकले पक्कै पनि रुचाउने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्