१० दिनसम्म हिक्क–हिक्क आएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

काठमाडौं – १० दिनसम्म लगातार हिक्क–हिक्क आएपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । उनको आकस्मिक सर्जरीको आवश्यकता हुन सक्ने ब्राजिलको राष्ट्रपति कार्यालयले बताएको छ ।

बोल्सोनारोको आन्द्रामा देखिएको केही अवरोधको विषयमा जाँच गराउन उनलाई साओपाउलोस्थित एक अस्पतालमा सारिएको छ । सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गर्दै बोल्सोनारोले आफू छिटै नै फर्किने बताएका छन् ।

६६ वर्षीय बोल्सोनारोका छोरा फ्लावियोले सीएनएनसँगको कुराकानीमा आफ्ना बाबुको सामान्य सर्जरी गरिएको र पेटमा भरिएको पानी बाहिर निकालिएको बताएका छन् । राष्ट्रपति बोल्सोनारोलाई कुरा गर्नमा समस्या भइरहेको उनको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्