काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्न नपाईने पौडेल पक्षको अडान

File Photo

काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ ।

दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । तर पनि केही ढिला गरी बैठक सुरू हुन सक्ने काँग्रेस स्रोतले बतायो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका छन् । बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहने काँग्रेसले जनाएको छ ।

बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन भइसकेको छैन । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आज बिहान सरकारी निवास बालुवाटार सर्दैछन्, त्यसैले बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना पनि छ ।

सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि यसबारे रणनीत तय गर्न बिहीबार महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका थिए । पौडेल पक्षले पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्नुपर्ने निष्कर्ष निकालेको छ । यो मितिबाट तलमाथि गर्न नपाइने अडान पौडेल पक्षको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्