काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित

काठमाडौं – काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार २८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समितिको असार २९ गतेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ देखि साउन २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको थियो ।

तर स्वास्थ्य कार्यालयमा हाल मौजुदात रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अर्को सूचना नभएसम्म असाउ २ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्