द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्ठि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुदै कत्युर गडवाल, कुमाऊँ हुदैँ दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन पाइन्छ । भारतमा भएको धार्मीक दंगाका बखत १६ औँ सताब्दी तिर नेपाल विभिन्न राज्य उपराज्यहरूमा विभाजन थियो । कर्णाली प्रदेस अन्तरगत डोटीराज्यमा मल्ल वंशका राजाहरू शासन गर्दथे । भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए ।[१] हुँदा हुदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेस गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादुन आदि ठाउँ पुगेका इतिहास छ । डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरूमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ । यता श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको कथन छ । श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको शैल्य शिखर धाम मालिकार्जुन र ग्वानी गाविसको बिचमा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथिहरू प्रभुको ज्योर्तिलिगंको खोजीमा क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए । सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर वातावरण र मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे । त्यसो भएको हुनाले मैले स्थायी रूपमा बास बस्ने योगय र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको छुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्ने बाघले तिमीलाई म कहाँ पुर्याउने छ ।’ त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै उसको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पुर्याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरूलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणि बन्द हुन्छ ।
गंगा गौ मुख हो मडै शिखरको यो मुक्तिको धामहो ।
पुर्णा पूर्ण अपुर्ण पूर्ण गरने मालिकार्जुन नाम हो ।।
धारा वग्न गए हिमाल शिखर बाटै तली झर्दछन ।
चढछन माथी यहाँ मडै शिखरमा यात्रीहरु पुग्दछन ।।
यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ–गाउँ मान्छे पठाउँछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ जसको बयान गर्न हामीसंग प्रयाप्त शब्दहरू नै छैनन् । हामीसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तप र साधना छैन् । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखी हरेक वर्ष आषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि विधान बमोजिम पुजा अर्थात पुजन, दर्शन गरिन्छ । विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले विघ्न वाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिसत विश्वास गरिन्छ ।
(विकिपिडियाकाे सहयाेगमा)
मालिकार्जुन र छिपला बिचको युद्ध वर्णन
इ.स. १४००–१५०० बिचको अवधिमा मालिकार्जुन र छिपला दुबै देवताबिच युद्ध भएको तथ्य पाइन्छ र युद्धमा मालिकार्जुनको विजय भएको पाइन्छ् । यी दुबै बिचको युद्धको कारण कुमाउँखण्डको हुन देश हालको (व्यासतिर) मा कुटी भन्ने प्रख्यात ठाउँ थियो । त्यस देशका राजाकी छोरी (भागाश्री) नामकी सुन्दरी राज कुमारी थिइन् । जसको सुन्दरताको चर्चा सर्वत्र फैलिएको थियो । ती भागाश्रीलाइ मालिकार्जुन देवता एकातिर ल्याउन आतुर थिए भने अर्काेतिर केदार देवता पनि त्यसका प्रत्यासी थिए ।
केदार र मालिकार्जुन एकदमै मिल्ने साथी थिए । यी दुबै शैव सम्प्रदायी हुनुका साथै केदारकी रानी (पटौदा) र मालिकार्जुनकी रानी (शोभाश्री) बिच बहिनी नाता भएबाट दुबैको पारिवारिक सम्बन्ध पनि घनिष्ट नै थियो । यति हुँदाहुदैँ पनि मालिकार्जुन र केदारबिच भागाश्री प्राप्तिका लागि प्रतिस्पर्धा गोप्य रूपले चल्न थाल्यो । यसरी दुबैमा एक अर्कालाइ भागाश्री प्राप्तिको मामलामा बाधक सम्झन थाले । एक दिन दुबै देवता पानी धारातर्फ लागे । धारामा पुग्नु भन्दा पूर्व मालिकार्जुनबाट केदार प्रति षड्यन्त्र गर्ने योजना बनाइ पानी धारमा माथिबाट चामल फालेका थिए । सो कुरा केदारलाइ थाहा थिएन । पानी धारमा पानी पिउँदा ती भिजेका चामल बगेर धारमा आए ।
मालिकार्जुनबाट केदारको अपहेलना गर्ने तरिकाबाट तिमीले जुठो भात फालेको पानी पिएका छौ । त्यसैले तिमी देवताको सिँढीमा रहदैनौ र तिमी भागाश्री लाइक रहेनौँ भनी मालिकार्जुन आफ्नै रैथान तिर लागे । आफ्नो अपमान भएको सम्झी केदारले दुःखित भइ जोगीको रूप बनाइ पानीको मूल खोज्दै हिँडे । जाँदाजादै पानीको मूलमा ठूलो ओढार रहेछ । त्यो ओढारमा अस्त्रशस्त्र सुसज्जित चर्मे भूतको परिवार बस्दो रहेछ । यसरी आफू अपमानित भएको झोकमा केदार देवताले चर्मे भूतका सम्पूर्ण परिवारलाइ मारिदियो र चर्मे भूतकी श्रीमती गर्भवती भएकाले उसको पेट बाहेको अन्य ठाउँमा कुटपीट गर्दा एउटा बालक उछिट्टीएर केदारको शरीरमा टाँसियो । यसरी टाँसिएको बच्चालाइ छुरीले आफ्नो मासुकाटी बच्चासहित मासु भुइँमा फालिदिए । छिपलाबाट यसरी आफ्नो परिवारको नास गर्ने कारण सोध्दा उक्त घटनाको यथार्थ सविस्तार भन्दा मालिकार्जुनको षडयन्त्रको कारणले आफ्नो सम्पूर्ण परिवारको नास भएको कुरा थाहा पाए पछि चर्मे (छिपला देवता) भूतको बच्चाले मालिकार्जुनसँग बदला लिने अठोट ग¥यो । यिनी चर्मे भूतका छोरापछि केदारबाट पालन पोषित भइ स्थान समेत दिएका कारण राक्षस हुँदाहुदैँ देव स्थान प्राप्त गरी देवता मानिएका हुन् ।
यी देवता (छिपला) लेकममा शक्तिशाली देवताका रूपमा मानिने हुनैनाथका जन्मदाता हुन् । यस्तो कुरा केदार देवताले सुन्दा केदारले आफ्नो मन्दिर नजिकै छिपलाको मन्दिर निर्माण गरी बस्ने व्यवस्था समेत मिलाइ दिएपछि मालिकार्जुनले ल्याउन खोजेकी परम सुन्दरी राजकुमारी भागाश्रीलाइ छिपलासँग छलकपट बल जे जसरी भएपनि मालिकार्जुनले लैजानपूर्व आफ्नो घरमा ल्याइ स्वास्नी तुल्याइ सकेकाले केदार देवता अति खुसी भइ मालिकार्जुनको शेखी झारेकोमा गौरवान्वित भएका थिए ।
यसरी आफूले ल्याउन खोजेकी भागाश्री छिपलाले छल कपट पूर्वक ल्याएको सुनेर मालिकार्जुन अत्यन्त भावविभोर हुन्छन् । मालिकार्जुन भागाश्री प्रति यति आशक्त थिएकि उनलाइ रातिमा निन्द्रा आउँदैनथ्यो, खाना खान मन लाग्दैनथ्यो, हरक्षण भागाश्री मै तल्लीन रहन्थे । भागाश्रीबिना आफू बाँच्न नसक्ने कुराको विरह पोख्दथे । भागाश्रीलाई छिपलाले ल्याएको कुरा मालिकार्जुनले थाहा पाए पछि भागाश्रीलाइ आफ्नी रानी बनाउन उनले हरण गर्ने बिचार गरे । यसरी भागाश्रीलाइ मालिकार्जुनले हरण गरेपछि छिपला र मालिकार्जुन बीच ठूलो युद्व भएको पाइन्छ । युद्वमा मालिकार्जुनको विजय भएको पाइन्छ ।
श्री लटिनाथ देवताले तल बग्ने पहिरोलाइ माथि फर्काएको उदाहरण
लटिनाथ मालिकार्जुनका पुत्र हुन् । यिनलाइ सौतेनी आमाहरूले षड्यन्त्रपूर्वक जन्मने वित्तिकै खोलामा बगाइ दिएका थिए । पछि माझीले फेला पारी घरमा लगेर पालन पोषण गरेको र ठूलो भएपछि यिनी मार्माको तलैमाडाैँमा लटिनाथको रूपमा अवतार भएको पाइन्छ । मालिकार्जुनले छिपलाकी रानी भागाश्री अपहरण गरेपछि छिपलाको आक्रमण भएपछि लटिनाथले मालिकार्जुनको विजयमा ठूलो भूमिका खेलेको पाइन्छ । मालिकार्जुन र भागाश्री भागेर शिखर स्थित डाँडामा निगलाको घारीमुनि लुकेर बसेको र छिपलासँग प्रत्याक्रमणको कुनै तयारी नभएको अवस्थामा थकित र दुःखित हुँदै लटिनालाइ नदीमा बगाएको गलैनाथ नाबालक भएको अवस्थामा मलाइ कसले सहयोग गर्ला भनी मालिकार्जुनले विलाप गर्न थाले । यस प्रकार मालिकार्जुन संकटमा परी दुःखित भइराखेको छिपलाको सौजन्यले घेराउन गरी आक्रमण गरिराखेको थाहा पाए पछि मार्माको तलैमाण्डौबाट आफैँ सेनापति बनी अन्य देवतालाइ सहयोगी बनाइ युद्व गर्न लटिनाथ शिखर पुगे । शिखर डाँडामा मालिकार्जुनलाइ जानकारी गराइ शिखर डाँडाबाटै युद्व गर्न थाले ।
छिपलाको फौजले शिखरमा चढ्न अपठ्यारो भएकाले मालिकार्जुन बस्ने ठाउँमा पत्ता लगाउन देथलीमा पानीको ठूलो तलाउ बनाएका थिए । जसमा सूर्यको किरण प्रत्यावर्तन भइ शिखर डाँडामा पर्ने उक्त किरणले मालिकार्जुन बसेको ठाँउमा निसाना बनाइ तोप र बम गोला प्रहार गर्ने सजिलो भएको थियो । सो कुरा लटिनाथले थाहा पाइ शिखर डाँडाबाटै फलामको त्रिशुल प्रहार गरी उक्त दहको दक्षिण तिरको भाग भत्काइ दिए । जसले गर्दा पानी बाढीको रूपमा बग्न थाल्यो र तलाउ भत्कियो । तलाउ भत्काएको आक्रोशमा छिपलाबाट लटिनाथको सेना रहेको ठाँउ जयपुर र बन्तोलीमा तोप र गमलोडा प्रहार गर्न थालो । छिपलाको बम नदीको किनारामा साह्र ढुंगा (गम्लोडा) प्रहारबाट शिखर डाँडामा पहिरो समेत जान थाल्यो त्यसको प्रतिकारमा लटिनाथले तलतिर आएको पहिरोलाइ रोकि दिएकाले छिपलाको आक्रमण निरस्त पारेको पाइन्छ । त्यसैले आजपनि लटिनाथको प्रसंसा गर्दा तल बग्ने पहिरो माथि फर्काउने बीर (उना पैरा उब फर्काउन्या वीर) भनी प्रशंसा युक्त सम्बोधन गरिन्छ ।
याे पनि पढ्नुहाेस्र
मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ
श्राेत सामाग्री
काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
गणेशदत्त पन्त (२०७४) दार्चुला जिल्लामा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन