पाँच कम्युनिस्ट पार्टीका नेताहरू पेरिसडाँडामा किन भेला भए ?

काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनलाई एकसूत्रमा बाँध्ने सम्भावित प्रयासबीच पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू शनिबार पेरिसडाँडामा जुटेका छन्। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा आयोजित बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा गम्भीर छलफल भएको जनाइएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेल सहभागी छन्।

प्रचण्ड सचिवालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था, वाम आन्दोलनको एकता सम्भावना र सहकार्यका विविध आयामबारे छलफल केन्द्रित छ। यस्ता छलफलहरू वामपन्थी शक्तिहरूबीच सहमति र समझदारी निर्माणको दिशामा सकारात्मक संकेतका रूपमा हेरिएको छ।

वाम एकताका सन्दर्भमा राजनीतिक वृत्तमा विभिन्न अडकल भइरहेका बेला भएको यो बैठकलाई रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्