नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता गर्‍याे

कैलाली,— नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज दिउँसो १२ बजे बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।

पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। उनका अनुसार पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको सहमतिमा यो निर्णय गरिएको हो।

यसअघि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी आक्रोशित बनेको थियो। त्यसपछि संघ र प्रदेश दुवै सरकारबाट बाहिरिने संकेत पार्टीले दिएको थियो।

संसदमा चार जना सांसद रहेको नाउपाको समर्थन फिर्ता भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको स्थायित्वमा प्रश्न उठेको छ। अब सत्ता समीकरण पुनः निर्धारण हुने सम्भावना बलियो बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्