काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । तर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी नगरी सिधै बाहिरिएका छन्।
प्रधानमन्त्रीको विदेश भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार गर्ने प्रचलन रहे पनि यसपटक उनले मिडियाको सामना गर्न चाहेनन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलस्थित मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी दिएका थिए। प्रधानमन्त्रीको तर्फबाट भ्रमणको जानकारी दिँदै सचिव राईले पूर्वतयारी गरिएको औपचारिक नोट मात्रै प्रस्तुत गरेका छन्। प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन प्रस्थान गरेका थिए।
यसपटक उनको मौनता र सञ्चारकर्मीसँगको संवादविहीनता राजनीतिक वृत्तमा चर्चा विषय बनेको छ।