पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं – पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तात्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईसमेत जोडिएको आरोपसहित उनीहरुलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै बुधबार रिट दर्ता गराएका छन् ।

अधिवक्ता न्यौपानेले मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको दाबी समेत रिटमा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्