रुसी जलसेनाका उपप्रमुख युक्रेन युद्धमा मारिए

काठमाडौँ — युक्रेनसँग जारी युद्धमा रुसी जलसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुडकोवको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार उनी पश्चिमी कुर्स्क क्षेत्रमा युद्धसम्बन्धी कार्यका क्रममा मारिएका हुन्।

गुडकोव युक्रेनी सीमा नजिकको संवेदनशील क्षेत्रमा खटिएका थिए। युद्ध सुरु भएयता रुसी सेनाका थुप्रै उच्चपदस्थ अधिकारीहरू ज्यान गुमाइरहेका छन्, जसमा गुडकोव पछिल्लो उदाहरण हुन्।

यस घटनाले युक्रेनसँगको युद्ध अझ पेचिलो बन्दै गएको संकेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्