’केजिएफ’का अभिनेता यश लिन्छन् एउटा फिल्मको यति ठूलो रकम

कन्नड अभिनेता यशको वास्तविक नाम नवीन कुमार गौडा हो । उनको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनका पिता एक यातायात कम्पनीमा ड्राइभर को काम गर्थे । सन् २०१८ मा रिलीज भएको फिल्म ‘केजीएफ’ (KGF) मा दमदार अभिनय गरेका यशको अभिनयले मानिसहरुलाई मोहित बनाएको थियो । मिडिया रिपोर्टका अनुसार केजीएफको अर्को सिजन पनि छिट्टै रिलीज हुने भएको छ । यश ‘रकी भाई’ को नामले परिचित यशका जीवनमा थुप्रै रोचक कहानी छ ।

भारतको कर्नाटकको हसन जिल्लामा जन्मिएका यशले सानै उमेरदेखि फिल्मको अभिनेता बन्ने सपना देखेका थिए । त्यसैले उनी बैंगलोर गएका थिए । उनी कन्नड फिल्मका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनी एउटा फिल्म खेलेबापत २.५ करोड (भारतीय रुपियाँ) लिने गर्छन् । उनी यति सम्पन्न अभिनेता भएपछि पनि उनका पिताले अझैसम्म उनको काम छोडेका छैनन् । ठूलो पर्दामा चर्चा कमाएका यशले टेलिभिजन सिरियलमा समेत काम गरेक छन् । उनले ’नंदा गोकुला’ नामको टेलिभिजन सीरियलबाट डेब्यू गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्