दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकाकाे बलात्कार

भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कारकी सिकार बनेकी छिन । बालिका बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् । बालिकाका आमाबुवाले प्रहरीमा दिएको उजुरीपछि आरोपित युवकलाई पक्राउ गरिएको छ । शनिबार बिहान बलात्कारको शिकार भएकी बालिकाको अवस्था स्थिर छ । चिकित्सकले पनि ती बालिका बलात्कृत भएको बताएका छन् । ती बालिकाको परिवारमा दूतावासको ग्राउण्ड फ्लोर (भुइँ तला) मा बस्दै आएका थिए । ती बालिकाका पिता दूतावासको हेरचाह गर्ने सदस्यका रुपमा कार्यरत छन् ।
पक्राउ परेका युवक ड्राइभर हुन् तर उनी दूतावासका कर्मचारी भने नभएको बताइएको छ । आरोपित युवकका पिता दूतावासमा काम गर्ने हुँदा उनी परिवारसँगै दूतावासको स्टाफ क्वार्टरमा बस्दै आएका थिए । दूतावासमा उच्च सुरक्षा र स्थानीय कर्मचारीको बाक्लो उपस्थिति रहँदै आएको छ । प्रहरीका अनुसार ती युवकको भारतको कडा बाल संरक्षण कानुन अनुरुप जाँच भैरहेको छ । सन् २०१८ मा भारत सरकारले आठ वर्षीया बालिकाको बलात्कार र हत्या गरेको तथा १६ वर्षीया किशोरीको बलात्कार गरेको घटनाबाट मृत्युदण्डको सुरुवात गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्