प्रदेश नं. १ को नामाकरणको विषयलाई सभामा पेश गर्न सांसदहरुको जोड

????????????????????????????????????

प्रदेश न‌म्बर १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने सांसदहरुले आवाज उठाएका छन् । संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन सुरु भईसकेको अवस्थामा समेत प्रदेशले नाम पाउन नसकेको अवस्थामा अधिवेशनले पहिचानको आधारमा नाम दिनु पर्ने बताउनुभयो । नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सरकारले प्रदेशको नामको बिषयमा प्रदेश सरकारले चासै नदिएको पो होकी भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले नामकोभन्दा पनि अधिकारको विषयलाई जोड दिनुभयो ।
प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा संसदीय दलका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम सहमतीको आधारमा ल्याइने बताउनु भएको छ । प्रदेशको नाम यो हिउँदे अधिवेशनबाट प्रवेश गर्ने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्