पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात र वर्षाको सम्भावना रहे पनि तत्काल ठूलो पानी वा हिउँ पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा शुक्रबार राति पनि सामान्य हिमपात र हल्का वर्षाको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद्ले जनाएका छन । अहिले देशको पहाडी भेगको केही ठाउँमा आंशिकदेखि सामान्य बादल लागेको र बाँकी ठाउँमा सामान्यतया मौसम सफा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्