कोरोना भाइरस पत्ता लगाउने डाक्टरकाे कोरोनाले लियाे ज्यान, चीनमा मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्याे

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो । तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै ’हिरो’ को रुपमा चर्चा गरिएको थियो । यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ । यसैबीच चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ । गएको २४ घण्टामा थप ७३ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो । यस्तै चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्