कोरोना भाइरसका लक्षणहरु, संक्रमणबाट बच्न के गर्ने ?

कोरोेना भाइरस अरु रोगहरुजस्तै एक प्रकारको ब्याक्ट्रेरियल भाइरस नै हो । यो सन् २००३ मा चीनमा पहिचान भएकोे भाइरस हो । विभिन्न प्रकारका रहेको यस भाइरसअन्तर्गत पनि ‘सार्स’ कोरोना भाइरसलाई शक्तिशाली भाइरसको रुपमा लिइन्छ । श्वासप्रश्वासको माध्यमबाट यो एकबाट अर्को व्यक्तिमा सर्छ । यसले व्यक्तिमा सबैभन्दा पहिले श्वासप्रश्वासमा समस्या ल्याउने गर्दछ। फोक्सोमा संक्रमण गर्ने भएकाले यसले मृत्युको मुखमा पु¥याउन सक्ने सम्भावना समेत रहन्छ । यो रोग सबै उमेर समुहका व्यक्तिमा संक्रमण गरेको देखिन्छ । यस आधारमा भन्ने हो भने ५०/६० वर्ष उमेर कटेका व्यक्तिहरुमा यस भाइरसको उच्च जोखिम रहेको देखिन्छ । यसबाहेक पाचन प्रणाली शक्ति कम हुने समूह पनि यस भाइरसले आक्रमण गर्न सक्ने सम्भावित समूह हुन् । सामान्य रुघाखोकी सँगसँगै प्रारम्भिक चरणमा भने व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि समस्या देखा पर्छ ।

श्वासप्रश्वासमा समस्या देखिनु
नाकबाट सिँगान बगिरहनु
टाउको दुख्नु
खोकी लाग्नु
घाँटी दुख्नु
ज्वरो आउनु र आलस्यता ।

सामान्य रुघाखोकी तथा श्वासप्रवास सम्बन्धि समस्या देखा परेको भरमा नै हामीले व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको छ भन्न सकिदैन तर यसको चेकजाँच गर्नु आवश्यक हुन्छ । यसबाट बच्न चीनको प्रभावित क्षेत्रबाट आएका सम्पूर्ण व्यक्तिहरुमा यसको संक्रमण छ कि छैन भन्ने कुराको परीक्षण गर्न आवश्यक छ । यसका साथै यो सरुवा रोग भएकोले परिवारमा कुनै एक व्यक्ति संक्रमित भएको खण्डमा सो बिरामीलाई हामीले परिवारभन्दा अलग राखेर उपचार गर्नुपर्छ । आफू यस भाइरसबाट संक्रमित भएको आशंका लागेमा यसको परीक्षण गराउन सकिन्छ तर उपचारको विषयमा छुट्टै खालको उपचार छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्