११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड पुर्णिमा लामालाई

काठमाडाैँ-  ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छिन। चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले “मुटु जलि खरानी भो” भन्ने गित बाट अवार्ड हात पार्न सफल भएकि हुन ।

जुन गीतले चर्चित गायिका पुर्णिमा लामालाई सांगितिक क्षेत्रमा चिर परिचित गराएको थियौ । जुन गितको शब्द संगीत बलराम साउदको रहेको थियो । चर्चित गायिका पुर्णिमा लामा सँग अन्न्य चर्चित गायिका हरु निशा देशार, मेलिना राई, सुमिना लो, र बानिका प्रधान हरु प्रतिस्पर्धामा रहेका थिए । विन्ध्यवासिनी म्युजिक प्रा लि द्वारा बिभिन्न २५ बिधामा अवार्ड वितरण गरिएको थियो। सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल चर्चित गायिका पुर्णिमा लामाले हाल सम्मा झन्डै चार सय भन्दा बढी गीत गाइसकेकि छिन ।

कलाकारहरुलाई सधैँ उच्च सम्मानका साथ आयोजना गरिने विन्ध्यवासिनी म्युजिक अवार्डको ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड प्रधान गरिदिनु भएकोमा पुर्णिमा लामाले खुशि हुुदै विन्ध्यवासिनी म्युजिक प्रा लि की अध्यक्ष लिना शर्मा रेग्मी, विन्ध्यवासिनी म्युजिक प्रा लि का संचालक सुबाश रेग्मी लगायत सम्पुर्ण आयोजक परिवार प्रति हृदय देखिनै हार्दिक अभार प्रकट गरेकी छिन विन्ध्यवासिनी म्युजिक प्रा लि जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफुमाथि थप सांगितीक अबिभारा थपिएकोमा आफु निरन्तर सांगितीक क्षेत्रमा कृयसिल रहने समेत लामाले बताईन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्