लोक तथा दोहोरी प्रतिष्ठान बाट चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित

काठमाडौँ – चर्चित गायीका पुर्णीमा तामाङ सम्मानित भएकी छिन् । राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यलय काठमाडौमा उनलाई सम्मान गरिएको हो ।

शुक्रबार प्रतिष्ठानको २०औँ वार्षिक साधारण सभाको अवसर पारी चर्चित गायिका तामाङलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय द्वारा मानार्थ सदस्यताका् प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको थियो । प्रतिष्ठान बाट सम्मानित भए पश्चात गायिका तामाङले अफुमाथी गीतसंगित क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गितसंगित क्षेत्रमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जनाइन् । कार्यक्रम्मा दोहरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेस बि जी र वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्ष हरु र थुप्रै कलाकार हरुको बाकलो उपस्थिती रहेको थियो ।

को हुन् पुर्णिमा तामाङ ?

चर्चित गायिका तामाङ बिक्रम संवत २०५४ साल असोज २९ गते बुवा राम चन्द्र तामाङ्ग र आमा कान्छी माया तामाङकी कान्छी छोरीको रुपमा धादिङ्ग जिल्ला साविक बैरेनी गा .वि. स. हाल गल्छी गाउँ पालिका वडा नं ७ मा जन्मिएकी हुन् । चर्चित गायिका तामाङ यतिबेला गित गाउन भ्याई नभ्याई छन भने बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छिन् । कलिलो उमेरमै चर्चित गायिका बन्न सफल भएकी तामाङले झन्डै चार सय भन्दा बढी गीत गाईसकेका छन् । उनले गाएका हरेक गीत हरु करोड भ्युज सहित युटुबको टपटेन भित्र रहेका छन् । पुर्णिमाले गाएका फुल भनौ जिन्दगी लाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ गितहरु दर्शकहरुले अत्याधिक रुचाएका थिए । आफुले गाएका गितहरु चर्चित भए पश्चात गायिका तामाङ्ग हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा दर्शकहरुमाझ आफनो प्रतक्ष प्रस्तुती दिई स्वदेश फर्किसकेकी छिन भने झन्डै आधा दर्जन भन्दा बढी उतकृष्ट गायिका बिधा बाट अवार्ड चुमिसकेकी गायिका दैनिक जसो बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेकी छिन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्