जन्मदिनको अवसरमा चर्चित लोक दोहोरी गायीका भण्डारीद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौँ – चर्चित लोक दोहोरी गायीका सम्झना भण्डारीले जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ ।

भण्डारीले आश्रमको दैनिक सेवा कार्यलाई सहज बनाउनका लागि जन्मदिनमा नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । लमजुङकाृ मस्र्याङ्दी गाउँपालिकाकी स्थायी बासिन्दा भण्डारीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङ मार्फत आश्रमलाई सहयोग गर्नुभएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अनुज अधिकारी मार्फत मानवसेवा आश्रमका संयोजक अनिता आधिकारीलाई रकम हस्तान्तरण गरिएको हो । लमजुङमा जन्मिएर काठमान्डौलाई कर्मथलो बनाउँदै आउनुभएकी गायीका भण्डारीले सामाजिक संजाल मार्फत आश्रमले गर्दै आएको सेवालाई नियाल्ने अवसर पाएको बताउनुभयो ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर आश्रमलाई सहयोग गर्नुभएकोमा आश्रमका तर्फबाट संयोजक अनिता अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको छ । आश्रममा हाल ३० जना सडक मानवहरुले आश्रय लिइरहेका छन् । भण्डारीले स्तन क्यान्सर पिडित बेसीशहरका धनसीरी तामाङलाई पनि १५ हजार सहयोग गर्नुभएको छ ।
लामो समयदेखि स्तन क्यान्सर भएर आर्थिक अभावमा उपचार गराउन नपाइ मृत्यु सँग लडिरहेकी तामाङको उपचारका लागि १५ हजार आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्