पाकिस्तानको विमान मलेसियाको कब्जामा

क्वालालम्पुर – मलेसियाले पाकिस्तानको एउटा विमानलाई कब्जामा लिएको छ ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा स्थानीय अदालतको आदेशअनुसार क्वालालम्पुर विमानस्थलमा उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको हो । पीआईएले सन् २०१५मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो ।

पाकिस्तानी न्यूज च्यानल ‘जियो टिभी’ले जनाएअनुसार पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई फर्कन नदिइ मलेसिया प्रशासनले कब्जामा लिएको हो । क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि विमान तयारी अवस्थामा रहेको र यात्रीहरुसमेत विमानमा चढिसकेको अवस्थामा उडान भर्न अनुमति नदिइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्