बागलुङ महोत्सबमा गायिका सम्झनाकाे प्रस्तुतीले ह्वात्तै दर्शक बढायाे

बागलुङ महोत्सबमा गायिका सम्झना भण्डारीले महोत्सवको माहोल नै परिवर्तन गरेको छ । केही बेरको पानीले बागलुङ केहि चिसो भएतापनि सम्झानाको प्रस्तुतीले दशर्कलाई आकर्षण गरायो । धौलागिरी बहुमुखि क्याम्पासको प्राङगणमा लागेको महोत्सब अवलोक गर्न दर्शकहरु भरिएका थिए । पानीले केही बेर दर्शकहरुलाई यताउती गरेतापनि सम्झनाको मिठो प्रस्तुतीले ह्वात्तै भीड बढेको थियो । लोक दोहोरी गायिका सम्झना भण्डारीको प्रस्तुति हेर्न र सुन्न दर्शक प्रतिक्षामा थिए । सम्झनाको छिनछिन बज्ने चुराको प्रस्तुती अझ रोचक रहेको थियो । धौलागिरि बहुमुखी क्याम्पासको प्राङगणमा झुम्मिएका दर्शक नाचेर सम्झनालाई साथ दिएका थिए । नेपाली मौलिकता झल्किने पोशाकमा सजिएकी सम्झनाले सयौँ दर्शकहरुको मन जितेको थियो । सम्झनाले कान्छी बुहारी, औठि बेरूवाको, लमजुङ जाने बाटैमा तनहु्ूँ लगायतका गितहरू प्रस्तुत गरेकि थिईन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्