वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित

वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ । अन्तर्रा्ष्ट्रिय उडान जारी रहे पनि बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको हो । सुर्खेत र दाङमा समेत काठमाडौंबाट जहाज जान सकेको छैन भने नेपालगञ्जबाट दुर्गम भेगमा हुने सबै उडान अहिले अवरुद्ध भएका छन । मुगुमा भारी वर्षातका कारण उडान हुन सकेको छैन । डोल्पा, जुम्ला, हुम्लाजस्ता क्षेत्रमा हिमपातले हवाई सेवा प्रभावित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्