‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा

‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको सुरुवात हुनेछ । ‘मेरो डान्स कप’मा नायिका केकी अधिकारी र ‘मेरो भ्वाइस कप’मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् । नृत्य र गायनमा रुची भएका प्रतिभाले यो शोमा भाग लिन सक्नेछन् । अमेरिकाको विभिन्न राज्यमा यो शोको अडिसन हुनेछ । अडिसनबाट छानिएका २० जना प्रतिभाले यो शोमा भाग लिन पाउनेछन् । दुबै शोको विजेताले कार र १० तोला सुन पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दोश्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक पुरस्कार पाउनेछन् भने तेश्रो हुनेले सिल्भर कप र पुरस्कार पाउनेछन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्