सुडानमा सैन्य विमान दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

काठमाडाैँ,  सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ । दुर्घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । यो विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुराईरहेको सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताएका छन् । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ, भने २ सय ४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्