उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने

 

काठमाडौँ उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने भएको छ । नुवाकोटको ककनी–२ सिस्डोलमा विर्सजन हुदैँ आएको फोहर अब ककनी कै बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटमा विसर्जन हुने छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको छ । लेदो सङ्कलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास सङ्कलन गर्न पनि पाइप बिछ्याइनेछ । यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरू बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्