आज पनि चिसाे बढ्न सक्ने, साबधानी अपनाउन मौसमविद्काे अपिल

शुक्रबार देशभर भएको बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपात भएको थियो । यस्तै सदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा लगायत कर्णालीका मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा लगायतका उच्च हिमाली भेगमा शुक्रबार भारी हिमपात भएको हो । यसैगरी शनिवार पनि दिनभर घाम नलाग्दा चिसो बढेकाले जनजीवन कष्टकर हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद् ले सजग गराएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसममा थोरै सुधार आए पनि देशका विभिन्न स्थानमा बदली हुने, वर्षा हुने र हिमपात हुने अवस्था कायमै रहने जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशभरको अधिकतम तापक्रममा गिरावट आएको छ । शनिबार भने मौसममा आउने सुधारका कारण तलको तातो माथि जानेछ र न्यूनतम तापक्रममा समेत गिरावट आई चिसो थप बढ्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्