उमेश ठगुन्नाको “देउसी भैलो” गीत छिट्टै बजारमा आउदैँ

केहि कलाकारहरु आफ्नो सांगीतिक यात्राको क्रममा व्यवसायिकता तर्फ ढल्केपनि धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले उदाइरहेका छन् । सोहि भिड मध्येका एक कलाकार हुन उमेश ठगुन्ना । उनले यस अघि पनि थुप्रै यस्ता गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने उमेशले नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै एक गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् । “देउसी भैलो” नाममा बजारमा आउने उक्त गीत खुमन र ऋतु ढकालको नाममा बजारमा आउने छ ।
गीतलाई उमेश ठगुन्नाले शब्द कोरेका हुन् भने लय तथा संगीत संयोजन पदम बि.सी, सञ्जय श्रीपालको रहेको छ । अबको केहि दिनमा नै उक्त गीतलाई प्रसन्न म्युजिक प्रा लि ले बजारमा ल्याउने छ ।
जिल्ला दार्चुला मार्मा गाउँपालिका वडा नं एक ताकुमा बुवा हरिलाल ठगुन्ना र आमा गोवा देवी ठगुन्नाको कोखबाट जन्मेका गायक उमेश ठगुन्नाको हालको बसाई कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नं ०८ मा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्