डडेल्धुराको नवदुर्गा–४ मम्मेमा लिफ्टिङ्ग खानेपानि योजना बनेपछि स्थानीय हर्षित

हरिश चन्द, डडेल्धुरा
नवदुर्गा गाउपालिकाको मम्मे गाउँमा लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भएको छ । गाउमा खानेपानि पुगे संगै सेति नदी गंगा बाट पानि बोकी खानु पर्ने बाध्यता टरेको छ । नवदुर्गा गाउपालिका–४ मम्मे गाउमा सोलार प्रबिधि जडान गरि खानेपानि पु¥याईएको छ । गाउँ मुनिको खोला बाट पानि तानी गाउमा पानि पुर्याईएको हो । करिब साढे तिन सय मिटर उचाईमा लिफ्टिङ्ग प्रबिधि बाट पानि तानिएको छ । लिफ्टिङ्ग खानेपानि पुर्याईए पछि स्थानियले गरे अध्यक्ष कविन्द्र विष्टको जय जयकार गरेका हुन ।
गाउमा पानि पुगे पछि अढाई घण्डा हिडेर पानि बोक्नु पर्ने बाध्यताको अन्त्य भएको छ । गाउ नजिकैको पँधेरा सुके पछि तिन बर्ष यता मम्मे गाउवासी सेती नदी र सकायल खोलाको पानि बोकेर उपभोग गर्न बाध्य थिए ।
६९ लाख रकममा नवदुर्गाका दुई गाउमा सोलर प्रबिधि जडान गरि पानि लिफ्टिङ्ग गरिएको छ । चुन र मम्मे खानेपानि सोलार लिफ्टिङ्ग योजना सम्पन्न भएको गाउपालिका अध्यक्ष कविन्द्र बिष्टले बताए । मम्मे खानेपानि योजनाको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष बिष्टले मर्मत सम्भारका लागी उपभोक्ता समिती गठन गरि न्युनतम शुल्क उठाउनु पर्ने बताए ।
गाउपालिकाको निकै महत्वकांक्षि र पर्याप्त बजेट भएको योजना सम्पन्न भएको छ । उनले भने, मम्मे गाउवासीको माग अनुसार खानेपानि गाउमा पुगेको छ । यसको दिगो व्यवस्थापन र मर्मत सम्भारका लागी उपभोक्ता समिती गठन गरि उपभोक्ता बाट शुल्क संकलन गर्नु सके दिगो हुन्छ ।
मम्मे गाउमा अहिले २६ वटा धार बाट खानेपानि विरतण गरिएको छ । २४ धारा नयाँ बनाईएका छन । एउटा भने पुरानै धार बाट पानि सञ्चालन गरिएको छ । ईष्टमेटमा २३ वटा धार भए पनि स्थानियको माग अनुसार एउटा धारा थपिएको र एउटा पुरानै धारा बाट पानि वितरण गरिएको ईञ्जिनियर महेन्द्र बोहराले बताए ।
गाउ माथि १३ हजार लिटर क्षमताको टंकि बनाईएको छ । ४० एमएमको पाईप बाट लिफ्ट गरिएको छ । टंकि भरिन तिन घण्टा लाग्ने उनले बताए ।चुन खानेपानि सोलार लिफ्टिङ्ग खानेपानि योजना वडा नं. २ को बकाल गाउमा सम्पन्ताको अन्तिम चरणमा छ । यस अघि सुवाकोटमा पनि सोलार लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भई सकेको छ ।पुस्तौ बित्यो कसैले पनि हाम्रो समस्या लाई बुझेन तर नवदुर्गा अध्यक्ष कविन्द्र बिष्ट अध्यक्ष वनेपछि यो लिफ्टिङ्ग खानेपानि वनाउदा उहाको सहानिर्य कार्यलाई यस क्षेत्रका जनताले बुझेको स्थानिय योगेन्द्र रावले वताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्