शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना

काठमाडौँ – शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार ४ सय ५१ जना, भक्तपुरमा १४३ जना र ललितपुरमा १५२ जना रहेका छन् । आज १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज १ हजार ८ सय जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ८९ हजार ८ सय ४० जना डिस्चार्ज भइसकेको छन । अझै ३८ हजार ७ सय ३७ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्