दार्चुलाको शैल्यशिखर-६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा

गणेश सिंह धामी, दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा आएको छ ।
शनिवार नगर प्रमुख अमरसिँह धामीले एक कार्यक्रमका विच उक्त स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख धामीले निकट भविष्यमा यस इकाईलाई प्रसुतीगृह स्थापना गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
स्वास्थ्यमा सबैको पहुँच पुगोस भनेर स्वास्थ्य केन्द्र स्थापना गरेको र स्वास्थ्यमा विशेष जोड दिएको समेत बताए ।
कार्यक्रममा सभापति तथा वडा न ६ का वडा अध्यक्ष गोपाल सिंह धामी, विशिष्ट अतिथीमा तथा वडा नम्बर ७ का वडा अध्यक्ष जयानन्द जोशी, जिल्ला समन्वय समिति सदस्य जयराज बिष्ट, वडा सदस्य सन्जा धामी, स्वास्थ्य शाखा प्रमुख चक्र कार्की रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्