ट्रम्पलाई पुटिनले दिए धन्यवाद, किन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिनुभएको छ । रुसमा हुन लागेका आतङ्ककारी कार्यहरु रोक्न सहयोग पुग्ने गरी गुप्तचर सूचना उपलब्ध गराएकोमा राष्ट्रपति पुटिनले आफ्ना अमेरिकी समकक्षीलाई धन्यवाद दिनुभएको हो ।
क्रेमलिनले प्रकाशित गरेको विज्ञप्तीमा दुई राष्ट्रपतिबीच आइतबार फोन वार्ता भएको उल्लेख छ । रुसी सञ्चारमाध्यमहरुले भने नयाँ वर्षको अवसर पारेर सेन्ट पिटस्वर्गमा गरिन लागेको आतङ्ककारी आक्रमणको योजना पत्ता लागेको जनाएको छ ।
यसअघि सन् २०१७ मा पनि सेन्ट पिटस्वर्गको कजान गिर्जाघरमा हुन लागेको आक्रमण विफल तुल्याउन अमेरिकी गुप्तचर संस्था सी आई ए को सुचना महत्वपूर्ण मानिएको थियो । अमेरिकी र रुसी राष्ट्रपतिबीच राम्रो ब्यक्तिगत् सम्बन्ध कायम भएको बताइन्छ । बीबीसीका अनुसार रुसी नेताको निमन्त्रणा स्वीकार गर्दै ट्रम्पले आगामी मई महिनामा मस्कोमा आयोजना हुने भिक्ट्री डे समारोहमा उपस्थित हुने संकेत समेत गर्नुभएको छ ।

 

श्राेत : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्