बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा रिहा

 

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा रिहा भएका छन । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । गत कात्तिक ४ गते एक महिलाले बलात्कारको उजुरी दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै पक्राउ परेका थिए ।
सिद्धबाबा सरकारी पक्षबाट समेत संरक्षित थिए । बाबाजीको आलिशान आश्रम सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको स्थानीयले बारम्बार गुनासो गर्दै आइरहे पनि सत्ताको आडमा नियम मिच्नेमाथि कुनै कारवाही हुन सकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्