२२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा सोमबार बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो । बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोहस्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउन पत्राचार गर्ने विषयमा छलफल भएको थियो । नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन । नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने र आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन । सोही अनुरुप काठमाडौं लगायत विभिन्न प्रदेश, स्थानीय तहमा भूकम्प दिवस भव्यताका साथ मनाइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्