लिभरपुलकाे नयाँ कीर्तिमान, लगातार ५० औं खेलमा अपराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार ५० औं खेलमा अपराजित भएपछि नयाँ कीर्तिमान बनाएको छ । लिभरपुलले यो सिजन लगातार १९ खेलमा अपराजित रहँदै उपाधिको होड निकै बलियो बनाएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले उल्भ्सलाई एक–शून्यले हराएसँगै १९ औँ पटक विजयी भएको हो । अघिल्लो खेलमा म्यानचेस्टर सिटीलाई हराएको उल्भ्सले लिभरपुलविरुद्ध पनि राम्रो फुटबल खेले पनि लिभरपुलसँग पराजित भयो । खेलको ४१औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ४५ औं मिनेटमा उल्भ्सले गोल गरेको थियो तर त्यो गोललाई भिएआरले अफसाइड दियो । त्यसपछि पनि लिभरपुले पाँच वटा मौका सिर्जना गरेको थियो तर लिभरपुल सफल हुन सकेन । अन्तिममा मानेको एकमात्र गोल निर्णायक बन्यो । यो जितले लिभरपुलले आफ्नो अग्रता लेस्टर सिटीसँग १३ अंकमा पुर्‍याएको छ । लिभरपुलको १८ खेलमा ५५ अंक बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्