आधिकारीक ट्रेड युनियनको निर्वाचनमा स्थानीय तहका कर्मचारीलाइ सहभागि गराउन माग

सुशील सुवेदी, सिन्धुपाल्चोक
स्थानीय तहका कर्मचारीलाइ आधिकारीक ट्रेड युनियनको निर्वाचनमा बञ्चित गराइएको भन्दै मेलम्ची नगरपालिकाका कर्मचारीहरुले आज युनियनको निर्णय विरुद्ध आन्दोलन गरेका छन् । नगरपालिकाका कर्मचारीले आज हातमा कालो पट्टि बाँधेर सांकेतिक रुपमा आन्दोलन गरेका हुन् ।
निजामति कर्मचारीको ट्रेड युनियन महासँघको निबार्चनमा स्थानिय तहका स्थाइ कर्मचारीलाइ पनि मतदान गर्न दिनुपर्ने माग गर्दै आन्दोलन गरिएको मेलम्ची नगरपालिका कर्मचारी संघका संयोजक यादब खनालले जानकारी दिनुभयो । स्थानिय सेवाको लागि केन्द्रिय लोकसेवा बाट पदपुर्ति भएका कर्मचारीलाइ आउदो २४ गतेको निर्वाचनमा मतदाता हुन नपाउने निर्णको विरोध गरिएको हो ।
आगामि दिनमा पनि माग पुरा नभए ७५३ वटै स्थानीय तहका कर्मचारी मिलेर आन्दोलनको स्वरुप परिवर्तन गरि अगाडि बढ्ने योजना रहेको खनालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्