किर्तिमानी पर्वतारोही र ‘हिमचितुवा’ को नामले परिचित आंगरिता शेर्पाको निधन

काठमाडौं – किर्तिमानी पर्वतारोही र ‘हिमचितुवा’ को नामले बिश्व प्रशिद्ध आंगरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्