बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा गए राति आएको बाढीले लाखौँको क्षति

फाइल

                                                                                                                                                                  File photo


देबराज पाध्याय, बाजुरा

बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ मा गए राती परेको अबिरल बर्षाका कारण बगाएर लाखौँको बनाएको छ । अबिरल बर्षासंगै सुप खोलामा आएको बाढीले छाना,घट्टहरु बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सो बाढि आएपश्चात सोही खोलामा माछामार्न गएर सम्पर्क बिहीन रहेका ३ जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन ।

बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा साधा घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ । अविरल वर्षासंगै सो खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छाना लगायत पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्