गौरा पर्वमा प्रधानमन्त्रीको शुभकामना सन्देश: जीवन रक्षाका निम्ति सचेत भएर परम्पराको निरन्तरतामा अग्रसर रहौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व गौरा पर्वको अबसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना वक्तव्यमा प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको उल्लेख गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ- “साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।”

प्रधानमन्त्री ओलीले कोभिड-१९ को प्रतिकुल अबस्थामा जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक रहेको पनि शुभकामना बक्तव्यमा उल्लेख गर्नुभएको छ ।

गौरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई प्रगाढ बनाओस्ः राष्ट्रपति

 

आज गौरा पर्वको मुख्य दिन अर्थात् उज्याली गौरा, दुर्वाष्टमी पर्व

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्