गौरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई प्रगाढ बनाओस्ः राष्ट्रपति

FILE PHOTO

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

गौरा पर्व जस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपाली बीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भनी राष्ट्रपति भन्डारीले शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्