नेपालमा अझै खराब समय आउन सक्छः विश्व स्वास्थ्य संगठन

काठमाडौं– नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. जोस भ्यान्देलियरले नेपालमा अझै केही समय कोरोना भाइरसको संक्रमण बढ्ने बताउनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमत कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले राखेको जिज्ञासामा डा भ्यान्देलियरले नेपालमा संक्रमणको सुरुवात मात्रै भएकाले अझै केसहरु बढ्ने बताउनु भएको हो ।

आगामी हप्ता तथा महिनामा अझै धेरै केसहरु र खराब परिस्थितिको सामना गर्नुपर्ने भन्दै यो सुरुवाती मात्र भएको तर अत्तिहाल्नुपर्ने अवस्था भने आइसकेको डा जोस भ्यान्देलियरको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्