आज गौरा पर्वको मुख्य दिन अर्थात् उज्याली गौरा, दुर्वाष्टमी पर्व

काठमाडौं- भाद्र शुक्ल अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने यस पर्वमा महिलाले शिव र पार्वतीको पूजा अर्चनासहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने, निःसन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकाङ्क्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

गौरा पर्वमा भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर बनाइएको बिरुडा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ । यस वर्ष भने काठमाडौँ उपत्यका सहित अन्य जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले घर भित्रै पर्व मनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्