सभामुख र भूगर्भविदसहितको टोली राहत लिएर सिन्धुपाल्चोकमा ( राहत विवरणसहित )

सुशील सुवेदी, सिन्धुपाल्चोक

सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुग्नु भएको छ । टोलीमा सभामुख अग्नि प्रसाद सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायतका विज्ञ र सरोकारवाला सहभागी छन् ।

यो टोली आज सिन्धुपाल्चोकको बाँसखर्क पुगेर जोखिमयुक्त भूगोलको अध्ययन गर्ने बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने सभामुखका प्रेश सल्लाहकार श्रीधर न्यौपाने ले जानकारी दिनु भयो । बाह्रबिसे र भोटेकोशीका लागि बन्देउमा सामग्री हस्तान्तर गरि बासखर्क तर्फ जादै गरेको पनि सल्लाहकार न्यौपाने जानकारी दिनु भयो ।

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ ।

सभामुख सापकोटाले सिन्धुपाल्चोकका जुगल गाउँपालिकाको लिदी, बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट विस्थापित र प्रभावित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत मिति २०७७ साल भदौ १० गते राहत हस्तान्तरण गर्नुभएको छ ।

जुगलका लागि राहत सामाग्री —

१. त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री: १५० सेट

२. अस्थाई बसोबास निर्माणमा प्रयोगहुने औजार: १५० सेट

३. भान्सा, खानपिन तथा सामान राखनधरन गर्र्न २४ किसिमका भाँडाबर्तन : ७५ सेट

४. ब्लाङ्केट : १५० सेट

५. उनको ब्लाङ्केट,ज्याकेट र सल सहित न्यानो कपडा : १५० सेट

६. स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री: ७५ सेट

७. बेबी स्मल प्याक : ७५ सेट

८. बेबी बीग प्याक : ७५ सेट

९. ३७ किसिमका सरसफाई सामग्री : ७५ सेट

बाह्रबिसेका लागि राहत सामाग्री —

१. त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री: १०० सेट

२. अस्थाई बसोबास निर्माणमा प्रयोगहुने औजार: १०० सेट

३. भान्सा, खानपिन तथा सामान राखनधरन गर्र्न २४ किसिमका भाँडाबर्तन : ५० सेट

४. ब्लाङ्केट : १०० सेट

५. उनको ब्लाङ्केट,ज्याकेट र सल सहित न्यानो कपडा : १०० सेट

६. स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री: ५० सेट

७. बेबी स्मल प्याक : ५० सेट

८. बेबी बीग प्याक : ५० सेट

९. ३७ किसिमका सरसफाई सामग्री : ५० सेट

भोटेकोसीका लागि राहत सामाग्री —

१. त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री: ५० सेट

२. अस्थाई बसोबास निर्माणमा प्रयोगहुने औजार: ५० सेट

३. भान्सा, खानपिन तथा सामान राखनधरन गर्र्न २४ किसिमका भाँडाबर्तन: २५ सेट

४. ब्लाङ्केट: ५० सेट

५. उनको ब्लाङ्केट,ज्याकेट र सल सहित न्यानो कपडा: ५० सेट

६. स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री : २५ सेट

७. बेबी स्मल प्याक :  २५ सेट

८. बेबी बीग प्याक : २५ सेट

९. ३७ किसिमका सरसफाई सामग्री: २५ सेट

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत एउटा प्यानलबाट चार घरमा बत्ती बाल्न मिल्ने किसिमका १०० थान सोलार प्यानल ।

स्मरण रहोस्, सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्