चीनमा फेरी अर्को खतरनाक भाइरस भेटियो, सचेत रहन विज्ञहरुको सुझाव

एजेन्सी – चीनका चिकित्सकहरुले देशको जनसंख्यालाई अर्को एक भाइरसबाट पनि खतरा रहेको जनाएका छन् । साधारणतया यो संक्रमण किराले टोकेपछि फैलिन्छ, तर मानिसबाट पनि फैलनसक्ने विज्ञहरुले बताएका छन् ।
एसएफटिएस भाइरसले यस वर्ष चीनको पूर्वी जियाङसुर अन्हुुई प्रान्तका झन्डै ६० जनालाई संक्रमित गरिसकेको छ । र, त्यसमध्ये ७ जनाको मृत्यु भएको छ ।

प्राणघातक यस रोगको लक्षणका रुपमा ज्वरो, खोकी, थकान र वान्ता रहेका छन् । त्यस्तै, यसले ह्वाइट ब्लड सेल्सलाई कम गर्दै लान्छ । एसएफटिएस् नौलो रोग भने होइन, यस रोग पहिलोपटक २००९ मै हुवेइ र हेनान प्रान्तमा देखिएको थियो ।

अहिले फेरि फैलिरहेको यस भाइरसको मृत्युदर १६ देखि ३० प्रतिशत रहेको चिनियाँ इन्फर्मेशन सिस्टम फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । ‘प्रारम्भिक रुपमा यो संक्रमण किराको टोकाइले फैलने भएपनि मानिसबाट मानिसमा हुने संक्रमणलाई नजर अन्दाज गर्न सकिन्न्,’ झिजियाङ विश्वविद्यालयका डाक्टर सेन्ग जिफाङले ग्लोबल टाइम्ससँग भने । रगत वा र्यालबाट यो सर्न सक्ने उनले बताए ।

२०१५ मा यो भाइरस जापान र दक्षिण कोरियामा फैलिएको थियो र त्यतिबेला मृत्युदर ३० प्रतिशतभन्दा माथि थियो । यो भाइरसले वृद्धवृद्धा र प्रतिरोधी क्षमता भएका व्यक्तिमा विशेष हानी गर्छ । २०१८ मा विश्व स्वास्थ संगठनले एसएफटिएसलाई इबोला, सार्स र जिकासँगै अध्ययन अनुसन्धान गर्नुपर्ने प्राथमिकता रहेका रोगहरुको सूचिमा राखेको थियो । रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्