नेकपाका महासचिव विष्णु पौडेल आइसोलेनमा, पिएसओमा कोरोना पुष्टि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।

उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । तर उनलाई पनि कुनै लक्षण देखिएको छैन । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्