पार्टी फुट्न नदिने नेकपाका ६१ जना सांसदहरूको प्रतिबद्धता, ‘गुटबन्दीमा पनि नलाग्ने’

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।

आइतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन गरी नेकपा सांसदहरुले अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा अभिव्यक्तिसमेत नदिने लिखित प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यस्तो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा केपी ओली र प्रचण्ड–माधव दुवै गुटका सांसदहरु छन् ।

आइतबारसम्म ६३ जनाले हस्ताक्षर गरेको प्रतिवद्धतापत्रमा भनिएको छ– पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरुलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरुबाट सार्वजनिक ढंगले पक्ष–विपक्षमा अभिव्यक्ति दिने वा सहभागी हुने छैनौं ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्