सरकारी पैसा व्यक्तिगत खातामा राख्ने लेखापाल सहित ४ जना पक्राउ

सांकेतिक तस्वीर

सुर्खेत – सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ गरेका छन् ।

गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि लेखापाल केसीसहित उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेनलाई पक्राउ गरिएको रुकुमका डीएसपी ठकबहादुर केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत आर्थिक वर्ष २०७६र७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्