एनआरएनए दुवईको उपाध्यक्षमा निराजन खत्री निर्विरोध निर्वाचित

काठमाडौं – गैर आवासिय नेपाली संघ (एनआरएनए) दुबईको उपाध्यक्षमा निराजन खत्री निर्बिरोध निर्वाचित भएका छन । भिम मल्ल ठकुरी अध्यक्ष रहेको (एनआरएनए) दुबईको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका हुन ।

उपाध्यक्षमा निर्वाचित भएपछि खत्रीले प्रवासी नेपालीहरुको सहयोगको लागि आफु सधै लागिपर्ने प्रतिबद्दता ब्यक्त गरे ।

रामेछापको मन्थली नगरपालिका – ७ मा जन्मिएका खत्री बिगत लामो समय देखी प्रवासि नेपालीको रुपमा बिदेशमा बस्दै आएका छन । दुबईमा बस्नु भन्दा पहिले युकेमा बसेर पनि खत्रीले धेरै अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गरिसकेका छन ।

उपाध्यक्ष खत्रीले श्री शान्ती बिद्या गृह लैनचौर काठमाडौं बाट २०६३ सालमा एस् एल सि पास गरेका हुन । मन्थली सहिद स्‍मृति बहुमुखी क्याम्पस बाट स्नातक सम्मको अध्ययन पुरा गरेका खत्री कामको सिलसिलामा साइप्रस, युके, डेनमार्क, ग्रिस, रोमानिया, जर्मन, बेल्जियम, टर्की लगाएतका विश्वका थुप्रै देशहरुमा पुगिसकेका छन ।

विश्वको थुप्रै देशहरु पुगेर त्यहाका नेपालीहरुको अवस्था हेरी आफुले सकेको सहयोग गर्दै आएका खत्रीको सहयोगी मनले गर्दा नै एनआरएनए दुबईको उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । खत्रीले अब आफु एनआरएनए दुबईको उपाध्यक्षको हैसियतले गर्नु पर्ने सम्पूर्ण काममा कुनै कसर बाँकी नराख्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्